Special Message

Admission in (MBS, M.Ed, BCA, BBS, B.Ed., and B.Ed. Science) is going on. Contact the KSC Admission Office.

Latest News And Events

काठमाडाैं शिक्षा बहुमुखी क्याम्पस उच्च शिक्षामा उत्कृष्ठताको प्रवर्द्धनका लागि छनोट

Date : Mar-04-2023
Time :

 

त्रिभुवन विश्वविद्यालय अनुदान आयोगको उच्च शिक्षामा उत्कृष्टताको प्रवर्द्धन कार्यक्रमका लागि चन्द्रागिरि नगरपालिका १० सतुंगलस्थित काठमाडाैं शिक्षा बहुमुखी क्याम्पससहित देशभरबाट ७९ वटा क्याम्पसहरू छनोटमा परेका छन् । 

विश्वविद्यालय अनुदान आयोग र विश्व बैंकको सहकार्यमा संचालित तेस्रो चरणको कार्यक्रम उच्च शिक्षामा उत्कृष्टताको प्रवर्द्धनमा काठमाडाैं शिक्षा बहुमुखी क्याम्पसपनि छनाैट भएको क्याम्पस प्रमुख शत्रुध्नप्रसाद गुप्ताले जानकारी दिनुभयो । क्याम्पसबाट अनुदान आयोगमा परेको  प्रस्तावनाको आधारमा अनुदान आयोगले ती क्याम्यसहरूलाई छनाैट गरेको हो ।

यस परियोजनामा छनोट भएका क्याम्पसहरुले भौतिक पूर्वाधार विकास, अनुसन्धान प्रवर्द्धन, वातावरण अनुकुल पूर्वाधार विकास, क्याम्पसभित्र सुचना प्रविधि पूर्वाधारको विकास, ट्रेसर स्टडी, विद्यार्थी नतिजा सुधार, विज्ञान तथा कम्प्युटर प्रयोगशाला निर्माण र शिक्षक कर्मचारीको क्षमता विकास लगायतका कार्यक्रममा वित्तिय अनुदान सहायता प्राप्त लगायतका कार्य गर्न सकिने क्याम्पस प्रमुख गुप्ताले जानकारी दिनुभयो । 

उहाँका अनुसार परियोजनाबाट प्राप्त हुने सहयोग रकम परिणाममा आधारित रहेको छ, तसर्थ क्याम्पसहरुले कुनै कार्यक्रम सम्मन्न गरि त्यसको प्रतिवेदन बुझाएपश्चात त्यसमा लागेको सम्पुर्ण खर्च विश्वविद्यालय अनुदान आयोगमा दाबी गर्न सक्छन र नियामअनुसार भुक्तानी प्राप्त गर्न सक्छन् । क्याम्पस प्रमुख गुप्ताले क्याम्पसले पाएको यो अवसरलाई सहि रुपमा प्रयाेग हुने कुरामा विश्वास व्यक्त गर्नु भयो ।

विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षामा उत्कृष्टताको प्रवर्द्धन शीर्षकमा १ अर्ब २० करोड रूपैषाँ बजेट विनियोजन गरेको छ । यो कार्यक्रम पाँच वर्षसम्म सञ्चालन हुनेछ । 

 

काठमाडाैं शिक्षा बहुमुखी क्याम्पस उच्च शिक्षामा उत्कृष्ठताको प्रवर्द्धनका लागि छनोट